सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग संयुक्त अरब इमिरेट्स (युएई) सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिहरूले मंगलबार भेटवार्ता गरेका छन् ।

सञ्चार मन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले नेपालको सुरक्षण मुद्रण केन्द्रको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी दिएका थिए ।

उनले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रमा आफू मन्त्री बनेपछि कार्यकारी निर्देशक नियुक्त गरेर छपाइ प्रक्रिया अगाडि बढाउने तयारी गरिएको जानकारी दिए ।

“केन्द्रबाट पासपोर्ट, नागरिकता, बैंक नोट लगायतका अत्यावश्यक कागजात छाप्ने गरी झन्डै छ अर्ब रुपैयाँको बजेट योजना गरिएको छ,” मन्त्री गुरुङले भने । हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको प्रक्रिया अघि बढिरहेको उनले बताए ।

युएईको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजर नेतृत्वको टोलीले नेपालको सुरक्षण मुद्रण केन्द्रसँग सहकार्य गर्दै छपाइ उपकरण र प्रविधिमा सहयोग गर्न इच्छुक रहेको धारणा राखेको थियो । मन्त्री गुरुङले सहकार्यको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, “समय आउँदा उपयुक्त ढंगले सहकार्य हुनेछ,” भन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =