जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर निवासी अन्दाजी ७५ वर्षीय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ ।

बुधवार बिहान आफ्नै घरमा बसेका वासुदेवप्रसादमाथि उनका ज्वाइँले आक्रमण गरेका हुन् । प्रहरीका अनुसार वडानम्बर २१ कुर्था निवासी बेचन महासेठले घरायसी विवादका कारण विमलको छातीमा धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार गम्भीर घाइते भएका विमललाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनापछि अभियुक्त बेचन महासेठ फरार छन् ।

प्रहरीले बेचनको खोजी कार्य तीव्र बनाएको जनाएको छ । परिवारमा चलेको दीर्घकालीन मनमुटावले घटनालाई उक्साएको हुन सक्ने आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ भने शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =