एनसेलको ‘सधैँ अन करोडपति’ योजनाः दोस्रो हप्तासम्ममा २० ग्राहक बने लाखपति

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सञ्चालनमा ल्याएको आकर्षक योजना ‘सधैँ अन करोडपति’ अन्तर्गत दोस्रो हप्ता सम्पन्न हुँदा २० जना भाग्यशाली ग्राहकले १–१ लाख रुपैयाँ नगद जितेका छन् ।

कम्पनीले सोमबार जानकारी गराएअनुसार, हरेक हप्ता १० जना विजेता छानिने यो योजनामा अहिलेसम्म दुई साता भित्र २० जना ग्राहकलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

साप्ताहिक रूपमा आयोजना भइरहेको योजनाअनुसार १२ हप्तासम्म प्रत्येक हप्ता १० जनालाई १–१ लाख रुपैयाँ दिइनेछ भने अन्तिममा १ जना भाग्यशाली विजेताले १ करोड रुपैयाँ बम्पर नगद पुरस्कार जित्नेछन् ।

सस्तो प्याकबाट करोडसम्मको सपना

दाङका लक्ष्मण यादव भन्छन्, “म किसानको छोरो हुँ, कार्यालय सहयोगीको काम गर्छु । यो १ लाख त मेरो लागि करोडजस्तै हो।” यादव ‘सधैँ अन’ प्याकमार्फत दोस्रो साता १ लाख जित्नेमध्ये एक हुन्। उनले भने, “बच्चाको पढाइ र घरखर्चमा लगाउनेछु ।”

काठमाडौंमा बसोबास गर्दै आएकी पाँचथरकी सुजाता तामाङले भनिन्, “मलाई ल्यापटप किन्ने मन थियो । ९९ रुपैयाँको रिन्यूअल प्याक लिएको थिएँ, २ वटा टिकट आएको थियो । १ लाख जितेपछि सपना पूरा हुनेभयो ।”

डबल टिकटको मौका र खुद्रा विक्रेतालाई पनि नगद

एनसेलले यो योजनामा ग्राहकका साथै सेवा बेच्ने खुद्रा विक्रेतालाई पनि पुरस्कार दिने व्यवस्था गरेको छ ।

जसअन्तर्गत, ग्राहकले ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा १ वटा टिकट प्राप्त गर्छन् भने रिन्यूअल वा रोमिङ सेवामा डबल टिकट पाइन्छ ।

त्यस्तै, ग्राहकले १ लाख जितेमा सेवा बेच्ने विक्रेताले २५ हजार र बम्पर जितेमा १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने छन् ।

मिथिला नगरपालिका–३ स्थित शिभिका स्टोरका अमित चौधरीले भने, “ग्राहकले १२ वटा टिकट पाएका थिए, १ लाख जिते । मैले पनि २५ हजार नगद पाएको छु ।”

दोस्रो हप्ताका विजेता टिकट नम्बरहरूः

  • W2–03623255

  • W2–01990835

  • W2–03300289

  • W2–01960521

  • W2–00095561

  • W2–02946125

  • W2–00403513

  • W2–03058143

  • W2–02049560

  • W2–02177347

कसरी सहभागी हुने ?

ग्राहकहरूले *१२३# डायल गरेर, एनसेल एप वा वेबसाइट, आधिकारिक विक्रेता वा डिजिटल वालेट तथा बैंकमार्फत ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक लिनुपर्छ । हरेक ९९ रुपैयाँ बराबरको खरिदमा १ टिकट प्राप्त हुन्छ ।

टिकट संख्या *९९९९# डायल गरेर वा ९९९९ मा SMS (१ वा २) पठाएर हेर्न सकिन्छ ।

१२ हप्ते योजना, हरेक शनिबार नयाँ विजेता

एनसेलले योजना असार १ देखि १२ हप्तासम्म संचालन गर्ने जनाएको छ । हरेक हप्ता शनिबार साँझ ६ः३० बजे विजेता घोषणा कान्तिपुर टिभी, एनसेल एप र यूट्युब च्यानलमार्फत गरिन्छ ।

पुरस्कार प्राप्त गर्न चयन भएको मितिबाट ३५ दिनभित्र सम्पर्क गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =