स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

काठमाडौँ । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ ।
लाइका सँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको कम्पनीले जनाएको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भनिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, ‘शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।’
मुख्य विशेषताहरू :
लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
१४४ हर्ज एमोलेड डिस्प्ले : ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१० ± सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।
नयाँ मूल्य (१२ जिबी± ५१२ जिबी) :
अघिल्लो मूल्य : रु. ६४,९९९— घटाएपछिको नयाँ मूल्य : रु. ५९,९९९
शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।
विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरूमा सम्पर्क गर्न सकिने जनाइएको छ ।








