अरब संसदद्वारा प्यालेस्टिनी उद्देश्यको लागि समर्थन पुष्टि

एजेन्सी । अरब संसदका सभामुख मोहम्मद अहमद अल–यामाहीले समावेशी राजनीतिक दृष्टिकोणले मात्र प्यालेस्टिनी क्षेत्रमा जारी संकटको दिगो समाधान सम्भव हुने स्पष्ट पारेका छन् ।

कायरोस्थित अरब लिगको मुख्यालयमा आयोजित संसदको चौथो विधायिकी कार्यकालको पहिलो सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभामुख अल–यामाहीले क्षेत्रको सार्वभौमसत्ता, एकता र स्थायित्वका लागि साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरे ।

उनले समापन सत्र विशेष संवेदनशील समयमा आएको भन्दै, क्षेत्रीय संकट र बढ्दो चुनौतीबीच एकता, दृढ अडान र नागरिकहरूको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्यालेस्टिनी जनतामाथि भइरहेको पीडादायी अवस्था र मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै उनले स्थायी युद्धविरामको आवश्यकता औंल्याए ।

सभामुख अल–यामाहीले अरब राष्ट्रहरूलाई एकीकृत स्वरमा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न आह्वान गर्दै, नागरिकहरूको अधिकार, न्याय र सुरक्षालाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =