बालकको मृत्युपछि सिरहा अस्पतालमा झडप, १० जना घाइते
२०८२ असार १५ गते

काठमाडौँ । प्रादेशिक अस्पताल सिरहामा झडप भएको छ ।
चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्त र प्रहरीबिच आज झडप भएको हो ।
उक्त झडपमा ९ जना प्रहरीसहित १० जना घाइते भएका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको साँझ ५ बजेतिर मृत्यु भएको थियो ।
उक्त बालकलाई दुई दिनदेखि निरन्तर ज्वरो आएपछि आइतबार आज बिहान अस्पताल भर्ना गरिएको थियो ।
बालकलाई दूध र बिस्कुट खुवाएर अस्पताल ल्याएको तर चिकित्सकले सुई लगाउने बित्तिकै बालकको मृत्यु भएको परिवारको दाबी छ । प्रदर्शनकारीहरूले दोषी चिकित्सक र अस्पताल व्यवस्थापनमाथि कारबाहीको माग गरेका छन् ।
झडप नियन्त्रणका लागि एक सेल अश्रुग्याँस पनि प्रहार गरिएको छ ।
२०८२ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








