जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले बजेट विनियोजनमा जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताइन् । कहीँ जनसंख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरिन् । राष्ट्रिय जनसंख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्छ । कहीँ जनसंख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन भएको छैन । जनसंख्याको आधारमा बजेट विनियोजन भएको छैन । यसै गरी राष्ट्रिय जनसंख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक छ ।’
सांसद दाहालले खानेपानीका मुहानहरूको संरक्षणमा जोड दिनुपर्ने बताइन् ।








