माधव नेपालले अध्यक्ष पद छाड्न नपर्ने नेकपा एसको निष्कर्ष

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल अध्यक्षकै रूपमा रहने भएका छन् ।

आज बसेको सचिवालय बैठकले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि लगाइएको भ्रष्टाचारको मुद्दा प्रतिशोधपूर्ण रूपमा लगाइएकाले उनी अध्यक्षको रूपमा नै रहने प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।

उनले उक्त मुद्दा राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =