मध्यपूर्व संकट

इरान-इजरायल तनाव मत्थर पार्न इजिप्ट र बेलायतको जोड, कूटनीतिक समाधानमा सहमति

काठमाडौं । मध्यपूर्वमा इरान र इजरायलबीच चुलिएको अभूतपूर्व तनावका बीच इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र बेलायती प्रधानमन्त्री ऋषि सुनकले संयमता अपनाउन र स्थितिलाई थप बिग्रनबाट जोगाउन संयुक्त आह्वान गरेका छन् । 

बिहीबार भएको टेलिफोन वार्तामा दुवै नेताले क्षेत्रीय शान्ति र स्थायित्वका लागि तत्काल तनाव कम गर्नुपर्ने अपरिहार्य आवश्यकतामा जोड दिए । उनहरूले सैन्य टकरावको विकल्प खोज्दै संवाद र कूटनीतिक माध्यमबाटै समाधान निकाल्नुपर्नेमा साझा धारणा व्यक्त गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वार्ताका क्रममा बेलायती प्रधानमन्त्री सुनकले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्न इजिप्टले खेल्दै आएको महत्त्वपूर्ण तथा सन्तुलित भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले यस संवेदनशील घडीमा इजिप्टको निरन्तर प्रयास क्षेत्रीय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए ।

दुई नेताबीच हालैका घटनाक्रमले समग्र क्षेत्रमा पार्न सक्ने गम्भीर असरबारे पनि विचार–विमर्श भएको थियो । उनीहरूले कुनै पनि पक्षबाट हुने थप सैन्य कारबाहीले स्थितिलाई अनियन्त्रित बनाउन सक्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे ।

यसका साथै, राष्ट्रपति अल–सिसी र प्रधानमन्त्री सुनकले कायरो र लन्डनबीचको ऐतिहासिक र बलियो द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै भविष्यमा विभिन्न क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =