एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यी २० माध्यमबाट हेर्न सकिन्छ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा गरी अन्तिम चरणमा पुर्‍याएको छ । बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिइरहेकाले सम्भवतः आज (बिहीबार) साँझसम्म, नभए शुक्रबारभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक विषयहरू मिलाउने काम अन्तिम चरणमा रहेको पुष्टि गरे । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर नतिजा प्रकाशित हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘हामी प्रक्रियामै छौँ।’

उनले आफू कार्यालय पुगेर बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई जानकारी गराइसकेको बताए । गत चैत ७ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सम्मिलित भएका थिए । बोर्डका अनुसार, यसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ (पूरक) ६७ हजार ७१५ जना विद्यार्थी रहेका छन् ।

प्राविधिक तयारी सम्पन्न हुनासाथ बोर्ड बैठक बसी नतिजालाई अन्तिम स्वीकृत प्रदान गरिनेछ र त्यसलगत्तै आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

यी २० माध्यमबाट हेर्न सकिन्छ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =