बागमती खोलामा शव फेला

काठमाडौँ । बागमती खोलाको किनारमा एक जनाको शव फेला परेको छ ।

मंगलबार हिजो दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोला किनारमा एक जना पुरुषको शव फेला परेको हो ।

मृतक पहिचान पनि खुली सकेको छ । उनी ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुंगाना हुन् ।

घटना सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =