असारभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउँछौं : मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष सुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शून्यमा झार्ने बताएका हुन् ।

उनले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गरे । उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पारे ।

उनले भने ‘अहिले हामीले सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृत दिन पाएका छैनौँ । यो यथार्थ हो । तर मैले मन्त्रालय सम्हालेको बेला लगभग साढे तीन सय पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले हामीले त्यसलाई एक सय ८५ मा झारेका छौँ । यही असार २० गते १६ जना अधिकृत लोकसेवा आयोगबाट आउँदै छन् । श्रावणको महिनासम्ममा हामी यसलाई शून्यमा झार्ने अवस्था निर्माण गर्दैछौँ । तलब वृद्धिको पनि अवस्था आएको छ माननीयज्यूहरूलाई देशको आर्थिक अवस्थाको बारेमा अवगत नै छ । त्यसलाई मध्यनजर गरेर यसपालि तलब वृद्धि भएन ।’

स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री गुप्ताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =