अमेरिकी आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस चर्कियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन सम्भव भएको टिप्पणी गरेका छन् । अमेरिकी सेनाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक रूपमा ‘शासन परिवर्तन’ भन्ने शब्द उपयुक्त नहुन सक्छ । तर यदि हालको शासनले इरानलाई पुनः महान बनाउन सक्दैन भने, किन परिवर्तन नहोस् ?’

इरानका फोर्दो, नतान्ज र एस्फाहनस्थित आणविक केन्द्रहरूमा अमेरिकाले शनिबार राति हवाई आक्रमण गरेको थियो । अमेरिकाले आक्रमणलाई सफल भनेको छ भने इरानले यसको कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ । आक्रमणपछि सार्वजनिक गरिएका तस्बिरहरूमा केन्द्रमा व्यापक क्षति देखिएको छ ।

यद्यपि वाशिङ्टनले आक्रमणको कारण इरानको परमाणु कार्यक्रम रोक्नु भएको बताउँदै आए पनि विश्लेषकहरूका अनुसार मुख्य लक्ष्य इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको सत्ता च्युत गर्नु हुन सक्ने अनुमान गरिएको छ । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक ए.के. महापात्रले बीबीसीसँगको अन्तर्वार्तामा यस्तै टिप्पणी गरेका छन् ।

अयातुल्लाह अली खामेनी सन् १९८९ यता इरानको सर्वोच्च नेताको भूमिकामा छन् । उनले रुहोल्लाह खामेनीको निधनपछि सत्ता सम्हालेका थिए । खामेनीभन्दा अगाडि सन् १९७९ मा इस्लामिक क्रान्तिपछि शाह मोहम्मद रजा पहलवीको राजतन्त्र समाप्त भएको थियो । त्यसपछि निर्वासनमा रहेका अयातुल्लाह रुहोल्लाह खामेनीले फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापना गरेका थिए । यो सन्दर्भमा इरान र इजरायलबीचको सैन्य तनाव चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =