उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन, दुई पालिकामा सेवा बन्द

उदयपुर । उदयपुर जिल्लाका दुई स्थानीय तहका जनप्रतिनिधिको निधन भएको छ ।

रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएपछि दुबै पालिकाले आज शोकमा सेवा बन्द गरेका छन् ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार ६८ वर्षीय वडाध्यक्ष दाहालको आज काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

त्यसैगरी, ताप्ली गाउँपालिका–३ का ३९ वर्षीय वडा सदस्य छविजर्घा मगरको शनिबार निधन भएको गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले जानकारी दिए । मगर लामो समयदेखि बिरामी थिए ।

शोकमा दुवै पालिकाले आज एक दिनका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेका छन् । स्थानीय तहले दिवंगत जनप्रतिनिधिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =