बाजुरामा खोलाले बगाउँदा एकजना बेपत्ता

बाजुरा । बाजुराको गौमूल गाउँपालिकामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा आज बिहान गेरेनी खोलाले बगाएर बेपत्ता भएका हुन् ।

पूर्ववडा सदस्यसमेत रहेका बोहरा पानी घट्टमा जाँतो तार्ने क्रममा खोलाको बाढीमा परेका थिए ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी कार्य भइरहेको जानकारी दिएका छन् ।

हालैका दिनमा परेको लगातारको वर्षाले पहाडी खोलामा पानीको बहाव उच्च रहेकोले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =