दरबारमार्गमा फ्ल्यागशिप स्टोर उद्घाटन, अब एउटै छानामुनि अरमानी र बाली

काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड कोुले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको उद्घाटन गरेको छ । यससँगै जे एण्ड कोले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी (Emporio Armani) प्रस्तुत गर्दैछ भने स्विस लक्जरी ब्रान्ड बाली (Bally) लाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरिएको छ ।

स्टोरको उद्घाटन नेपालका ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवाला द्वारा सम्पन्न भयो, जसले अनुभव र नयाँ पुस्ताको स्टाइल नेतृत्वको संयोजनलाई प्रतिनिधित्व गर्छ । राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड को को अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्‍याउने प्रतिबद्धतालाई झल्काउँछ । आधुनिक तथा आकर्षक इन्टेरियरसहित, यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्दछ ।

‘यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,’ जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले भने, ‘एम्पोरियो अरमानीले आफ्नो अद्वितीय शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाईन दृष्टिकोणसहित फर्किएको छ । हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौं ।’

एम्पोरियो अरमानी ले नेपालमा पहिलो पटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक लुक सहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ । बाली, जसले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ, अब परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको छ ।

स्टोरको भव्य उद्घाटन समारोहमा नेपालका फैशन, व्यापार, र जीवनशैली क्षेत्रका प्रमुख व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारको अग्रणी ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ ।

जे एण्ड को को बारेमा
जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको पर्याय हो, जसले विश्वका सबैभन्दा प्रतिष्ठित घडी, फेसन र जीवनशैली ब्रान्डहरूको प्रतिनिधित्व गर्छ । विश्वस्तरीय विलासितालाई नेपाली उपभोक्तामाझ ल्याउने दृष्टिकोणसहित, जे एण्ड को ले खुद्रा नवप्रवर्तन, ग्राहक अनुभव, र ब्रान्ड क्युरेसनमा निरन्तर नयाँ मापदण्डहरू कायम गर्दै आएको छ । यो नयाँ स्टोर उद्घाटनसँगै, जे एण्ड को ले आफ्नो उत्कृष्टता, नवीनता र ग्राहक-केन्द्रित सेवाप्रतिको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =