म माथि मिसनका साथ गालीगलौज गर्नेहरू योगको संगतमा आए मान्छे बन्नेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताए । तर आफूमाथि केही तत्त्वहरू मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए । उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताए । गालीको मिसन चलाउनेहरू योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘म कसैप्रति वैरभाव केही राख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । मिसन छ । म बुझ्छु त्यो कुरा । माया लाग्छ गाली गर्नेहरूप्रति । तर म प्रसन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्ति मात्रै कुरा हो । मेरो बुँता भन्दा बाहिरको कुरा हो सायद । म कतिलाई बुझाउन सक्छु, भेट्न सक्छु सबैलाई बुझाउन सक्दिन । यदि योगको संगतमा आए भने तपाईँहरूको संगतमा आए भने ती मान्छेहरू पनि मान्छे हुन्छन् । तपाईँहरूले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नुभएको छ रु हिँड्नुहुन्न । किनभने तपाईँहरू योग, ध्यान, प्राणायाम गर्नुहुन्छ । योग भनेको चित्तानुशासनम हो ।’

प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =