इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन– चालकहरूलाई सुनौलो अवसर

काठमाडौँ । नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको जनाएको छ ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर
मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

पुरस्कारहरू :
टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)
टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)

स्मार्टफोन : १५ ओटा
स्मार्टवाचः ३० ओटा
इयरबड्सः ३० ओटा

साप्ताहिक पुरस्कार ९५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड० ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइनेछ ।

क्याम्पेन तालिका :
जुन १६ः क्याम्पेन घोषणा
जुन २३ – जुलाई १३ विक्ली च्यालेन्जेज
जुलाई १७ः ग्रान्ड प्राइज विजेताहरूको घोषणा

रिजिनल ड्राइभर अपरेसन टिम लिडर– साउथ एसिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले क्याम्पेनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘चालकहरू इनड्राइभको सफलताको जग हुन, र उनीहरूको सहभागिता हाम्रो मिशनको लागि महत्पूर्ण रहेको छ । यो अभियान उनीहरूको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विशेष सम्मान देखाउने हाम्रो प्रयास हो । हाम्रा चालकहरूलाई समर्थन गरेर, हामी सामूहिक रूपमा सम्पूर्ण इनड्राइभ इकोसिस्टमलाई बलियो बनाउन कटिबद्ध छौं ।’

इनड्राइभ नेपालकी ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जीमी राईले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘हामीले हाम्रा ड्राइभर पार्टनर्सका लागि राम्रो र वृहत् अभियानको वाचा गरेझैँ, हामी यहाँ एक मेगा गिभअवेको साथ आएका छौं । यो चालकहरूको अविश्वसनीय कडा परिश्रम, अटल समर्पण, र सेवा गरिरहनुभएको कार्यलाई मनाउने हाम्रो तरिका हो । तपाईँले गर्ने प्रत्येक राइडले उत्कृष्ट सेवा र सुरक्षाप्रति तपाईँको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अब समय आएको छ तपाईंहरूको योगदानको कदर गर्ने। त्यसैले, राइड सुरु गर्नुहोस् र मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो मौका नगुमाउनुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =