मकवानपुरमा ५५ वर्षीया महिलाको विभत्स हत्या, देवर पक्राउ
२०८२ असार ५ गते

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स हत्या गरिएको छ ।
बिहीबार दिउँसो ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको हो ।
प्रहरीका अनुसार, मृतक तुलुमायाको देवर नाता पर्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियारले आक्रमण गरी हत्या गरेका हुन् ।
घटनापछि जीवन आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए ।
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको बताए ।
२०८२ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








