सांसद सुमना श्रेष्ठसम्बन्धी समाचारप्रति रास्वपाको आपत्ति
२०८२ असार ५ गते

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको भन्ने समाचारप्रति रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले यसलाई संसदमा गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको योजनाबद्ध श्रृङ्खलाको एक हिस्सा मानेको छ ।
घटनाको यकिन गर्न पार्टीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजक प्रा.डा. चन्दा कार्की भण्डारी हुन् भने सदस्यहरूमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट रहेका छन् ।
२०८२ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








