ढुंगा लागेर गम्भीर भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
२०८२ असार ४ गते

दार्चुला । ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार बिहान दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा खर काट्न गएका पालको टाउकोमा माथिबाट अचानक ढुङ्गा खस्दा गम्भीर चोट लागेको थियो ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । केही दिनअघि मात्र बिदामा घर आएका पालको दरबन्दी काठमाडौंमा भए पनि उनी बैतडीमा कार्यरत थिए ।
२०८२ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








