राज्यले अन्याय गर्दा पनि अदालत न्याय दिन सक्षम रहेछ : रवीन्द्र मिश्र
२०८२ असार ३ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले अन्याय गर्दा पनि अदालत न्याय दिन सक्षम भएको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेश स्वरूप ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ । अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’
यसैगरी उनले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्ने बताए ।
२०८२ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








