इडिफाई स्कुलको कमाउण्डभित्रै भ्यानले छात्रालाई ठक्कर दियो, उपचारका क्रममा मृत्यु
२०८२ असार २ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ ।
काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








