बिरगंजको अवैध गोदाममा सशस्त्रको छापा, २२ लाख भन्दा बढिको लत्ताकपडा बरामद

काठमाडौं । पर्सा जिल्लाको विरगंज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते लुकाई छिपाई राखेको करीव २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

सोही ठाउँको एक घरमा भारतबाट अवैध रूपले ल्याएर लुकाई छिपाई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रममा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको हो ।

बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि सोमबार बिरगंज भन्सार कार्यालय पर्सामा सशस्त्रले बुझाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =