प्रहरीले फरार भनेका धवल शम्शेर अदालतमा उपस्थित
२०८२ असार २ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री एवं सांसद डा. धवलशम्शेर राणा अदालतमा हाजिर भएका छन् ।
उनी सोमबार बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।
उनी अदालतमा हाजिर भए लगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।
उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।
प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईँसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








