यो सभा चलाउने तरिका भएन : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले प्रतिपक्षी दलहरू विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन् ।

उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरूमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दागर्दै सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए । सहमति गरिसकेर मात्रै सभा सञ्चलन गर्न आग्रह गरे ।

उनले भने ‘आज अर्थमन्त्रीज्यू बजेट प्रस्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरू, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरूमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नाराबाजी गरिरहेको छ । मन्त्रीज्यूले भनेका कुराहरू हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’

उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =