सीजी मोटर्स हिरोले पोखरामा ‘एक्सट्रयाक’ अफ–रोड ट्रयाक राइडिङ्ग गर्ने

काठमाडौँ । सी.जी. हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ अफ–रोड ट्रयाक राइडिङ्गको दोस्रो संस्करण पोखरा गर्ने भएको छ ।
आगामी जेष्ठ ३१ गते शनिवार सी।जी। हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ अफ–रोड ट्रयाक राइडिङ्गको दोस्रो संस्करण आयोजना गर्ने भएको हो ।
उक्त इभेन्टमा मोटरसाइकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।
इभेन्टमा सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाइन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चितकाका साथै व्यावसायिक मार्सलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिप्स पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चाहनु हुने इच्छुकहरूले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिस्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्ने छन् ।
सहभागिताका लागि इच्छुक राईडरहरुले चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरू आफ्नो साथमामा लिएर आउनु पर्ने जनाइएको छ ।
इभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाइकल प्रेमी युवा पुस्ताहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सी।जी। हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको छ ।








