राईटपाथको नयाँ शाखा आउँदो शुक्रवार कीर्तिपुरमा उद्घाटन हुँदै

काठमाडौँ । राईटपाथ करियर काउन्सिलिङले कीर्तिपुरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने भएको छ ।
आउँदो शुक्रवार राईटपाथले उक्त शाखाको उद्घाटन गरि सेवा विस्तार गर्ने जनाएको छ ।
सन् २०१७ बाट सञ्चालनमा आएको राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ ।

हाल राइटपाथले काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालयसँगै नयाँ बानेश्वर, ललितपुर, इटहरी, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ ।
राइटपाथबाट कक्षा १२ पास गरिसकेका डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले यूके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।
कीर्तिपुर शाखाको बारेमा जानकारी दिँदै राइटपाथका सिइओ फिलिप डिसीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीले एक पटक राईटपाथमा आएर जानकारी लिन अनुरोध गरे ।
उनले आफूहरूसँग विश्वकै उत्कृष्ट कलेज तथा विश्वविद्यालय रहेको जिकिर गरे ।









