ज्योति विकास बैंकका ग्राहकहरूलाई होटल मार्कोपोलोमा विशेष छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसार स्थित ‘होटल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रुम चार्जमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
हालै बैंकले ललितपुरस्थित “Baked & Served” मा १२ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले काठमाडौँस्थित ‘View Three Hundred Sixty Degree Resort’ र ललितपुरस्थित ‘Paradise Hills’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको हित उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।








