लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गरिँदै

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन पुष्टि गरेको बैंकले जनाएको छ ।
कार्बन अकाउन्टिङ फाइनान्सियल पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्ने जनाइएको छ ।
मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO2 बराबर (tCO2e) रहेको थियो ।
पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् :
- व्यापार कर्जा : १९०,२९३.४२ tCO2e
- परियोजना वित्त – जलविद्युत बाहेक : ७०५ .५६ tCO2e
- गाडी कर्जा : १,५२८.९८ tCO2e
- घर कर्जा : ९,४८५.४६ tCO2e
त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २०,३४७.११ tCO2e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउने बताएको छ ।
यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने ‘र्मसन १०००० (Mission 10K)’ पनि सञ्चालन गरेको छ । यस अन्तर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिई सकिएको छ ।
यसलाई निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको जनाएको छ ।








