नेपालमा भित्रियो नयाँ बिएमडब्लू ‘आईएक्स-२’ इलेक्ट्रिक एसएभी

काठमाडौँ । नेपालमा बिएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ ।

नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति BMW को प्रतिबद्धता दर्शाउँने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार बिएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० kW/२०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अन्य बिएमडब्लू  इलेक्ट्रिक गाडीहरुजस्तै, नयाँ BMW iX2 मा पनि पाँचौ पुस्ताको BMW eDrive प्रविधि प्रयोग गरिएको छ । यसले २५० Nm टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा देखि १०० किमीरघण्टाको गतिमा पुग्न सक्ने कम्पनीले जनाएको छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ kWh उर्जा प्रदान गर्दछ। यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरुभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँने कम्पनीले जनाएको छ ।

BMW iX2 मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको Combined Charging Unitले १९ kW सम्मको चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० kW सम्मको DC चार्जिङ पनि उपलब्ध छ। स्मार्ट यर्मल प्रि–कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।

BMW iX2 मा लक्जरी इन्टेरियर फिचरहरु समावेश छन्, जस्तै मोका रङको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २–जोन अटोमेटिक एसी, र १२–स्पिकरको Harman Kardon साउन्ड सिस्टम रहेको कम्पनीले जनाएको छ ।

डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली

कम्पनीका अनुसार BMW iX2 को सुरक्षा र सहायक प्रणालीहरु पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल , अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइम–अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।

काठमाडौँ, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो–रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल BMW X1, X2, X3, x4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक)iX3 , 5 Series (ब्याट्री इलेक्ट्रिक), (प्लग–इन हाइब्रिड), (प्लग–इन हाइब्रिड) र 7 Series जस्ता मोडलहरु उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =