सामसङ इन्स्टा फाइनान्स : नागरिकताबाटै सामसङ टिभी तथा होम अप्लाएन्स

काठमाडौँ । सामसङ नेपालले ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ ।
पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरुका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ।
अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टीको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो सेवा २०८२ जेष्ठ १९ गते बाट लागू भएको हो, र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । सेवा रु. ३०,००० वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने छ ।
सामसङको नवीनतम प्रविधि नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो ।
सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रा.लि. र त्रिवेणी व्यापार प्रा. लि. ले वितरित गरिरहेका देशभर रहेका २००+ अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।








