वेद एजुकेसन कन्सल्टेन्सी : जहाँ विदेश जाने विद्यार्थीलाई दिइन्छ उत्कृष्ट परामर्श

काठमाडौं । वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले ‘वेद फर यु’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरूको लागि ‘वेद फर यु’ कार्यक्रम गरेको हो ।
आज आइतबार भएको कार्यक्रममा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सम्बन्धित देशका दक्ष अनुभवी काउन्सलरहरुले काउन्सिलिङ दिएका थिए ।

नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमबाट धेरै विद्यार्थीले लाभ लिएका छन् । ‘वेद फर यु’ कार्यक्रममा दुई सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । आजको कार्यक्रममा सहभागी विद्यार्थीहरूको हात खाली नहुने गरी चलचित्रको फ्री टिकट पनि वितरण गरिएको थियो ।
कार्यक्रमलाई अझै आकर्षक बनाउन बिङ्गो गेम पनि खेलाइएको थियो । जसमा बिङ्गो हुने विजेतालाई बन्जी जम्पको फ्री टिकट उपलब्ध गराइएको थियो । अन्य विजेतालाई जिपलाईनको टिकट दिइएको थियो ।
‘वेद फर यु’ कार्यक्रम आफ्ना लागि प्रभावकारी रहेको भन्दै विद्यार्थीले वेद कन्सल्टेन्सीको प्रशंसा गरे । ‘वेद फर यु’ कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सी बेस्ट रहेको बताए । ‘मैले वेदबाट नै अप्लाइ गरी रहेको छु । मेरो आफन्तहरू पनि भेदबाट नै अस्ट्रेलिया जानु भएको छ । त्यही विश्वासले नै मैले पनि वेदबाट नै अस्ट्रेलियाका लागि अप्लाइ गरेको छु,’ उनले भने ।

उनले यस कन्सल्टेन्सीलाई विश्वास गरेर अस्ट्रेलिया जानका लागि पक्रिया सुरु गरेको बताए । उनले वेद कन्सल्टेन्सीमा अनुभवी र दक्ष प्रशिक्षक रहेको भन्दै अन्य विद्यार्थीलाई पनि वेद नै रोज्न आग्रह गरे । ‘यहाँका काउन्सलर सरहरूले पनि धेरै राम्रो काउन्सिलिङ गर्नुहुन्छ । बाहिर पढ्न जानेहरूलाई वेदमा एक चोटि भिजिट गरी परामर्श लिन म आग्रह गर्दछु’ उनले थपे ।
जनकराज मात्रै होइनन्, यहाँ आउने सबै विद्यार्थीको नजरमा वेद कन्सल्टेन्सी नै उत्कृष्ट रहेको बताउँछन् । विद्यार्थी असल कृष्ण दाहाल पनि यहाँबाट नै उच्च शिक्षा हासिल गर्नको लागि बाहिर जाने तयारीमा छन् ।
उनले यहाँबाट नै राम्रो परामर्श पाएको बताए । उनले वेदबाट राम्रो काउन्सिलिङ पाएको सुनाए । ‘मान्छेको धेरै समस्याहरू हुन्छ त्यो समस्याहरू सबै थाहा पाएर यहाँको काउन्सलर सरहरूले राम्रो काउन्सिलिङ गर्नु हुन्छ,’ उनले भने, ‘मैले धेरै कन्सलटेन्सीहरुमा काउन्सिलिङ लिए तर वेद जस्तो राम्रो काउन्सिलिङ दिने पाइनँ त्यसैले बाहिर पढ्न जान इच्छाउनु भएका सबै जनाले वेदबाट नै परामर्श लिनु होला ।’

विद्यार्थीको मात्रै होइन, अभिभावकको रोजाइमा पनि वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सी नै पहिलो नम्बरमा छ । आइतबार ‘वेद फर यु’ कार्यक्रममा भेटिएकी फुलमाया विश्वकर्मा वेदको सेवा र परामर्श देखेर मक्ख थिइन् । उनले वेद प्रति धेरै विश्वास रहेको बताइन् ।
उनले आफ्नो छोरालाई उच्च शिक्षाका लागि अमेरिका पठाउन चाहेको बताउँदै वेदले राम्रो काउन्सिलिङ गरेको बताइन् । ‘मलाई वेद प्रति धेरै विश्वास लाग्यो । मैले अमेरिका, अस्ट्रेलिया लगायत अरु देशको बारेमा पनि बुझे उहाँहरुले राम्रो परामर्श दिनुभयो । अहिले १२ को परीक्षा दिएर बस्नु भएका नानीबाबुहरू जो बाहिर पढ्न जान चाहनु हुन्छ एक चोटि वेदमा आएर परामर्श लिनु होला भन्न चाहन्छु’ उनले भनिन् ।

आजको कार्यक्रममा भेटिएका सबै विद्यार्थीले वेदको परामर्शबाट सन्तुष्ट रहेको बताए । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीको रोजाइमा रहेको यो कन्सल्टेन्सी अन्य भन्दा उत्कट रहेको विद्यार्थीहरूले प्रतिक्रिया दिए । ‘वेद फर यु’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले पनि खुसी व्यक्त गरे ।
उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विभिन्न कार्यक्रम रहेको बताए । उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई राम्रो काउन्सिलिङ गर्नु नै आफ्नो प्रमुख दायित्व रहेको कार्की बताउँछन् । आजको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बताएका छन् ।
‘हामीले मास्टर्स युके, वेद फर युके भन्ने कार्यक्रम सञ्चालन गरेका थिर्यौं । त्यो सफल भए पछि हामीले अर्को पनि कार्यक्रम वेद फर यु क्याम्पेन गरेका हौँ । विद्यार्थीहरूको प्रोसेस अझै राम्रो होस् भनेर वेद फर यु क्याम्पेन गरी रहेका छौं,’ उनले भने ।

प्रबन्ध निर्देशक कार्कीले वेदबाट अस्ट्रेलिया, युके, अमेरिका, र नेदरल्याण्ड लगायतका देशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीले उत्कृष्ट परामर्श पाएको दाबी गरे । उनले संस्थाले आयोजना गर्ने कार्यक्रममा सम्बन्धित देशका काउन्सिलरहरुलाई बोलाउने गरेको बताए ।
‘विद्यार्थीहरूले अस्ट्रेलिया, युके, अमेरिका, र नेदरल्याण्डको लागि काउन्सिलिङ लिएर प्रोसेस गर्न पाइरहेका छन् । विद्यार्थीहरू र साथै अभिभावकहरू पनि आइरहनु भएको छ । हामीले यस्तो कार्यक्रमहरू गर्दा बाहिरबाट पनि काउन्सलरहरु बोलाउने गरेका छौं’ उनले भने ।
वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले २०१० साल देखि विदेशमा उच्च शिक्षा आर्जन गर्न जो जाने विद्यार्थीहरूको लागि परामर्श दिँदै आएको छ । वेदले युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, क्यानडा र जापान जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ ।









