स्कटल्यान्डविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

स्कटल्यान्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्तो दिए । नेपालले बुधवार नेदरल्याण्ड्ससँग खेलेको टोली नै मैदान उतारेको छ ।

सिरिजमा नेपाल र स्कटल्यान्डले दुवैको‌ यो तेस्रो खेल हो । स्कटल्यान्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्यान्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =