आईसीसी विश्वकप लिग-२ : स्कटल्याण्डको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोली आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

पछिल्ला दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै लयमा फर्किएको नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ । खेल स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

यसअघि यही शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई नै एक विकेटको रोमाञ्चक जितमा पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि सहजै हरायो ।

शृङ्खलाका सुरुवाती १२ खेलबाट केवल ६ अङ्क जोडेर कमजोर स्थितिमा रहेको नेपालले पछिल्ला दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै आफ्नो लय समातेको हो । हालसम्म १४ खेल खेलेको नेपाल १० अङ्कका साथ सातौँ स्थानमा छ । अर्कोतर्फ, १८ खेलमा २२ अङ्क जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ । आजको खेलमा जित हात पार्न सके नेपालले अङ्क तालिकामा माथि उक्लने अवसर पाउनेछ ।

शृङ्खलामा हाल अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स (२२ खेल, २६ अङ्क) दोस्रो र ओमान (२० खेल, २४ अङ्क) तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =