रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल तानिँदै (तस्बिरहरू)

करिब एक हजार ६०० वर्ष रातो ममत्स्येन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

पाटनको पुल्चोकबाट सुरु हुने यस जात्रामा भगवान मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी शहरका विभिन्न ठाउँमा घुमाइन्छ। पुल्चोकबाट मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल पुर्याएपछि भोटो देखाइन्छ। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।

भोटो देखाइसकेपछि यो जात्रा सम्पन्न हुन्छ। राजतन्त्र कालमा भोटो देखाउने जात्रामा राजा आएर यो भोटो हेर्थे भने गणतन्त्र स्थापना पश्चान राष्ट्रपतिले हेर्छन् । कार्यकारी राष्ट्रप्रमुख रहँदा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०६५ को भोटो हेरेका थिए ।

भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्‍याई विराजमान गराइन्छ ।

करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख महिनाको शुक्ल प्रतिपदादेखि सुरु भएर एक महिनासम्म सञ्चालन हुन्छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =