प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८२ जेठ ६ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आज मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली– देउवा सहमत भएपछि मन्त्रीपरिषद् बैठक बोलाइएको हो ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








