थाइल्यान्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८० रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कविता कुँवरले २४ रन बनाइन् । राजमति ऐरीले २० रन बनाउँदा रुविना क्षेत्रीले १२ रन बनाइन् ।

ओपनर सम्झना खड्काले ९ रन बनाइन् भने रुवि पोदारले ४ रन थपिन् । कप्तान इन्दु वर्माले ७ रन थपिन् ।

पूजा महतो, रोमा थापा ईश्वरी विष्ट, रिया शर्मा शून्य रनमा आउट भइन् ।

थाइल्यान्डका लागि ओन्निचा काम्चोम्फुले सर्वाधिक ४ विकेट लिइन् । थिपाच्चा पुथावाङले ३ विकेट लिइन् भने सुलेपोर्न लाओमीले १ विकेट हात पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =