नेपाल भर्सेस् थाइल्यान्ड : नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान टस जितेर नेपालकी कप्तान इन्दु बर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

यस खेलमार्फत नेपाल र थाइल्यान्ड दुवैले समूहको शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुबै टोली यसअघि नै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन् ।

नेपालले सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै इतिहासमा पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको थियो । यता थाइल्यान्डले आइतबार सोही यूएईलाई ५४ रनले हराउँदै छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको थियो ।

यस खेलले सुपर थ्री चरणको विजेता टिम निर्धारण गर्नेछ । यससँगै ग्लोबल छनोटमा मनोबलसहित अघि बढ्न चाहने दुबै टोलीका लागि खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =