गुठी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले सिन्धुपाल्चोकमा मात्र एक सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेका हुन् ।

उनले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ वटा जिल्लामा फरक प्रकृतिको गुठीका समस्या रहेको बताए ।

उनले गुठीसँग सम्बन्धित विविध समस्याको समाधानका लागि गहनरुपमा अध्ययन गरी तत्काल विधेयक ल्याई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

विधेयक नआएसम्म गुठी समस्या समाधान गर्न नकिने उनको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =