महिला टी-२० विश्वकप छनोट : यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्री चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुआतमै केही दबाब सिर्जना गरे पनि यूएईले निर्धारण २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो । यूएईका लागि इशा ओझाले सानदार ३९ रनको योगदान दिइन् भने तीर्था शतिशले २१ रनको संयमित पारी खेलिन् ।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा मात्र २० रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारिन् । यस्तै, कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट लिइन् ।

आजको खेल नेपालका लागि अत्यन्तै निर्णायक मानिएको छ । नेपालले यो खेल जितेमा आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =