चिनियाँ नेता सियाओ जी राजधानीमा
२०८२ जेठ १ गते

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।
उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ ।
२०८२ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








