फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन् ।
बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताए ।
उनले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताए । उनले पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताए ।
उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गरे ।
उनले पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको बताउँदै दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताए ।
उनले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गरे ।








