प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभई आवश्यकता भएको र प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार विकास गर्न आग्रह गरे ।

उनले साहसिक खेलहरू, पर्यापर्यटन, पूर्वाधार विकासलाई तीव्रता दिन माग गरे । उनले पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने कुरा जटिल भएपनि त्यसको सही सदुपयोग हुनुपर्ने बताए ।

उनले भने ‘हामीले यो हवाई पूर्वाधारमा पनि जहाँ प्रतिफल आउँछ, त्यसमा मात्रै लड्ने भने जस्तो गरेर यो हवाई धावन मार्गहरू जहाँ पायो त्यहीँ बनाउने, जहाँ माग छ त्यहीँ बनाउने होइन । जहाँ प्रतिफल आउँछ त्यहाँ बनाउनु पर्छ । साहसिक खेलहरू, पर्यापर्यटन, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्छ । पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने भनेको छ, यो अलि जटिल प्रक्रियाको भएपनि यसलाई इन्भायरोमेण्टको नाममा मात्रै नराखी हामीले अहिले पनि विकास गरिरहेका छौँ ।’

सांसद शेर्पाले विद्युत् उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभई वैकल्पिक विद्युत्मा पनि जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =