एर्दोगानले भेटो नेटो प्रमुख, रुस–युक्रेन युद्ध विरामको समर्थन

एजेन्सी । टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार अंकारामा नेटो महासचिव मार्क रुटसँगको भेटमा रूस र युक्रेन बीचको युद्ध विरामको लागि आफ्नो समर्थन दोहोर्‍याएका छन् ।

एर्दोगानले टर्कीले न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न आफ्नो कूटनीतिक प्रयासहरू तीव्र पारिरहेको बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग कुरा गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एर्दोगानले टर्कीले द्वन्द्वमा आफ्नो तटस्थ अडान कायम राखेको र शान्तिको अवसर गुमाउनु हुँदैन भनेर आग्रह गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =