छत्तीसगढमा ट्रक र गाडी ठोक्किँदा १३ जनाको ज्यान गयो, १४ घाइते
२०८२ वैशाख ३० गते

भारत । भारतको मध्य राज्य छत्तीसगढमा भएको एक भीषण सडक दुर्घटनामा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । रायपुर नजिकै भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार पीडितहरू आफ्ना आफन्तको घरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किँदै गर्दा उनीहरू सवार गाडी ट्रकसँग ठोक्किएको थियो । दुर्घटनापछि घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ ।
राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विगतका केही वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्या दिनानुदिन बढ्दै गएको बताएका छन् । उनले राज्य सरकारलाई यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न र मानव जीवनको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
२०८२ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








