गोकर्णमा किराँतीहरूले धूमधाम मनाए उभौली पर्व (तस्बिरहरू)
२०८२ वैशाख २९ गते

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उभौली पर्व धूमधामका साथ मनाउने गरेका छन् ।
यसै अवसरमा राजधानीको गोकर्णेश्वर- ४ यज्ञडोल (जगडोल) सामुदायिक बनमा किराँत समुदायका मानिसहरू भेला भएर उभौली पर्व मनाइरहेका छन् ।
आज उनीहरू राई भेसभुसामा र गहनामा सजिएर संस्कार र संस्कृतिको प्रदर्शन गर्दै नाचगान र रमाइलो गर्ने गर्दछन् ।
वैशाखमा गर्मी बढेसँगै बेँसीबाट लेकतिर उँभो (माथि) लाग्ने भएकाले उभौली र मंसिर लागेसँगै जाडो बढ्ने भएकोले लेकबाट बेसी तिर उँभो (तल) झर्ने दिन उँधौली पर्व मनाइन्छ ।
उभौली पर्व किराँत समुदायका सुनुवार, राई, लिम्बु , याक्खा जातिको मुख्य पर्व हो । वसन्त ऋतुको आगमनसँगै बालीनाली राम्रो होस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनी भूमि पूजा गरि यो पर्व मनाइन्छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








