‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको केही समयपछि भारतीय सेनाले पहिलो पटक सार्वजनिक रुपमा अपरेसनबारे जानकारी दिएको छ । आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय थल, जल र वायु सेनाका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा ‘अपरेसन सिन्दूर’को बिस्तृत विवरण सार्वजनिक गरेका हुन् ।
थलसेनाका महानिर्देशक (डीजीएमओ) लेफ्टिनेन्ट जनरल राजीव घईले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, ‘सेनाद्वारा नौ आतंककारी लुकेका स्थानहरूमा सटीक र योजनाबद्ध आक्रमण गरिएको थियो । यस अभियानमा १०० भन्दा बढी आतंकवादीहरू मारिएका छन्, जसमा उच्च प्रोफाइल आतंककारी युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद पनि थिए ।’
घईका अनुसार, यी आतंककारीहरू भारतको चर्चित विमान अपहरण प्रकरण आईसी ८१४ र पुलवामा हमलामा संलग्न रहेका थिए । उनका अनुसार भारतीय सेनाको यो कदम शान्ति र सुरक्षा सुनिश्चित गर्न लक्षित थियो, तर पाकिस्तानतर्फबाट नियन्त्रण रेखा (एलओसी) उल्लंघन हुँदै नागरिक र धार्मिक स्थलहरूमाथि आक्रमण गरिएको थियो ।
‘पाकिस्तानी सेनाको प्रतिक्रियाले स्थिति अझ तनावग्रस्त बनायो,’ घईले भने, ‘धेरै निर्दोष नागरिकहरू मारिए, गाउँहरू ध्वस्त भए र गुरुद्वारा जस्ता धार्मिक स्थलहरूलाई निशाना बनाइयो, जुन अत्यन्त दुर्भाग्यपूर्ण छ ।’
पत्रकार सम्मेलनमा वायुसेनाका तर्फबाट एयर मार्शल एके भारती, नौसेनाबाट भाइस एडमिरल एएन प्रमोद तथा मेजर जनरल एसएस शारदाले पनि संयुक्त अपरेसनबारे प्राविधिक विवरण प्रस्तुत गरेका थिए ।









Manxe marera nai bijaya utsab huneraexa vane yo sansar ma….aaau ek saath sabai mari jau…kei kura ko hanathap hune nai thiena…kasaele mare vanera bijaya utsab manaune…koi manxe marera bijaya utasab manauxan..yadi manish lai marera bijaya utsab hune thyo vane…rawan le ni mareka thiye holan…ani madhu kaitab le pani…