अमेरिका-चीन व्यापार सम्झौता, द्विपक्षीय सम्बन्धमा नयाँ पृष्ठ

काठमाडौं । लामो समयदेखि व्यापार तनावको परिस्थितिमा रहेका अमेरिका र चीनबीच जेनेभामा सम्पन्न दुईदिने वार्तापछि व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि दुबै पक्षका अधिकारीहरूले यसलाई महत्वपूर्ण उपलब्धि भन्दै खुसी व्यक्त गरेका छन् ।

अमेरिकी सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै प्रतिक्रिया जनाएका छन् । उनले भने, ‘मलाई यो जानकारी दिन पाउँदा खुसी लागेको छ कि अमेरिका र चीनबीच व्यापार सम्झौतामा महत्वपूर्ण प्रगति भएको छ ।’ उनले सम्झौताको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिए ।

सम्झौताबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकिएको र उनले यसलाई सकारात्मक रूपमा लिएका बेसेन्टले बताए । अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले वार्तालाई रचनात्मक र आशाजनक भएको बताएका छन् । ‘हामी छिट्टै सहमतिमा पुग्न सफल भयौँ, जसले देखाउँछ कि हामीबीच अनुमान गरेजस्तो ठूलो मतभेद थिएन,’ ग्रिरले भने ।

गत केही महिनादेखि एकअर्का विरुद्ध अतिरिक्त कर तथा ट्यारिफ लगाउने निर्णयले अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको थियो । यस्तै तनावपूर्ण पृष्ठभूमिमा गरिएको यो सम्झौतालाई विश्लेषकहरूले उपलब्धिमूलक सफलता मानेका छन् ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै कठोर व्यापार नीति अपनाउने संकेत दिएका थि ए। यस्ता चुनौतीपूर्ण समयमै भएको सहमति भविष्यमा दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ दिशातर्फ लैजाने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =