गभर्नर सिफारिस समितिबाट विश्वले दिए राजीनामा
२०८२ वैशाख २८ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।
आफै गभर्नर बन्ने वातावरण बनेपछि समिति सदस्य पौडेलले राजीनामा दिएका हुन् ।
पौडेलले आइतबार समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाउने भएपछि उनले राजीनामा दिएको स्रोतले बतायो ।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी थियो ।
तर, उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्पमा पौडेलको नाम अघि सारेको हो ।
२०८२ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








